Customer Stories · Thulo Insights

शुभलक्ष्मी खाध्य प्रसोधन केन्द्र, लिला रिजाल

उद्यम जगतका चिरपरिचित नामहरु मध्ये एक नाम हो, महिला उद्यमी "लिला रिजाल" जसले कृषिमा आधारित रहि आफु संगै अन्य दिदी-बहिनीलाई रोजगारी दिन सफल भएकिछन्।

Thulo 20-05-2023 Updated 10-09-2026 1 min read 0 views 0 comments
20240816124842_1385346226.jpg
In short

उद्यम जगतका चिरपरिचित नामहरु मध्ये एक नाम हो, महिला उद्यमी "लिला रिजाल" जसले कृषिमा आधारित रहि आफु संगै अन्य दिदी-बहिनीलाई रोजगारी दिन सफल भएकिछन्।

व्यवसायको सुरुवात र उत्पादन को बारेमा

उद्यम जगतका चिरपरिचित नामहरु मध्ये एक नाम हो, महिला उद्यमी "लिला रिजाल" जसले कृषिमा आधारित रहि आफु संगै अन्य दिदी-बहिनीलाई रोजगारी दिन सफल भएकिछन्। नेपाल एक कृषि प्रधान देश हुनुको बाबजुद पनि यहाँका किसानहरुले उत्पादन गरेका सागसब्जीहरुले उचित बजार भाउ पाउन त के आफ्नो श्रम तथा लगानी समेत नउठि सागसब्जीहरु बिग्रेर बजारमै फ्याकेको अवस्थामा देख्दा उनको मनमा कता-कता आफु पनि नेपाली नागरिक भएको हैसियतले देशको यस्तो अवस्थामा केहि गर्न सक्छु भन्ने बिचारले स्थानिय बजारको अध्यन अनुसन्धान सुरु गरेको कुरा लिला रिजाल बताउछिन्। अध्यनले वर्षेनि अन्य राज्यबाट खाध्यबस्तुहरुको ठुलो मात्रामा आयात हुने गरेको देखेपछि कृषिलाई व्यावसायको रुपमा सञ्चालन गर्न सकेमा स्थानिय स्थरमा पाईने सागसब्जिहरुलाई प्रसोधन गरि आमा दिदी बहिनीलाई रोजगारी दिन सकिने र किसान दाजुभाईले उत्पादन गरेका खाध्य सामाग्री खरीद गरि उनिहरुको पसिनाको केहि हदसम्म भरपाई गर्न सकिने मात्र नभई देशको अर्थतन्त्रमा समेत टेवा पुग्ने ठानेर वि.स. 2070/71 सालमा नेपाल घरेलु तथा साना उध्योग कार्यालय मोरङ्ग मा "शुभलक्ष्मी खाध्य प्रसोधन केन्द्र" को स्थापना गरेकि हुन्।    

चुनौतीहरुको सामना

     कृषि व्यावसायको परम्परागत सोचलाई परिमार्जन गरेर आधुनिक औजारहरुको प्रयोग गरि स्थानिय स्थरमा सजिलै पाउने सागसब्जीहरुलाई सोलार ड्रायरमा प्रसोधन गरि भान्साघरहरुमा दिनहुँ प्रयोग गरिने खाध्य सामाग्रीहरु गुन्द्रुक, सिन्की, मस्यौरा, आलु-चिप्स, अर्सा-अनार्सा आदि लाई बजारीकरण गरि व्यवसायको रुपमा सञ्चालन गर्नु उनका लागि सुरुका दिन चुनौतीपूर्ण नै बन्यो। महिला दिदि-बहिनीको साथ परिवारको सहयोग र आर्थिक सपोर्टको लागि बैंक बाट लिएको ऋणले खाध्य सामाग्री बिक्री गर्न थप हौसला दियो। बजारको अनुसन्धान पछि नै व्यावसाय सुरू गरेकाले तरकारीजन्य खाध्य सामाग्री बिक्री गर्नमा त्यति असहज नभएको व्यावसायले सङ्घर्ष संगै  सफलता हासिल गरि बजारमा आफ्नो छुट्टै नाम स्थापित गर्न सफल बनेको कुरा लिला रिजाल बताउँछिन्।

     बिगत सम्झन्दै उनि भन्छिन् “निरन्तर चलिरहेको उध्योगलाई 2077/78 सालको COVID-19 को प्रकोपको असर,प्रत्यक्ष रुपमा पऱ्यो। नयाँ खाध्यबस्तु बनाउन कच्चापदार्थहरु सहजरुपमा पाइएनन् भने बनेका खाध्य सामाग्रीहरु समयमा बिक्री गर्न नसक्दा ड्यामेज भएर फ्याक्नु पऱ्यो । आर्थिक नोक्सानिको चपेटामा यतिसम्म पऱ्यो कि आमा दिदी-बाहिनीलाई निरन्तर रोजगार दिन त के उध्योग सञ्चालनमा पुरै ब्रेक लाग्यो वा भनौ उध्योग करिब-करिब बन्दको अवस्थामा आयो।”

 डिजिटलाईजेसन तर्फको यात्रा

    भनिन्छ धैर्य गरेमा अन्धकारलाई चिर्दै उज्यालो दिन पक्कै आउँछ, त्यस्तै जब COVID-19 पछी जनजिवन सहज बन्दै गयो बिस्तारै व्यावसाय सुचारु भए । व्यापार पहिले जस्तै नचलेर मन उदास बनिरहेकै बेलामा ठूलो डट् कम ई-कमर्स सस्थाले दिेएको अनलाईन बजार सम्बन्धि ट्रेनिङ्गमा सहभागि भएकि र त्यसअघि कुनै पनि अनलाईन ट्रेनिङ्ग नलिएकोले "कृषिमा डिजिटलाईजेसन" सम्बन्धि ट्रेनिङ्ग उनको लागि उपलब्धि मुलक साबित भयो। गुणस्तरिय खाध्य सामाग्रि को उत्पादन सङ्गै सामाजिक संजालहरुमा मार्केटिङ्ग गरेमा सामाजिक सम्पर्क बढ्ने जानकारी ठुलो डट कमले सिकाएको कुरा उनि सम्झन्छिन्।ठूलो डट कमले ट्रेनिङ्गमा मात्र सिमित नराखी सामाग्रीहरु बेच्न आफ्नो प्याल्टफर्म दिनुको साथै मार्केटिङ्गमा सहयोग गरेकाले आफ्ना खाध्यबस्तु बिक्रि वितरणमा गर्न थप उर्जा मिलेको कुरा बताउदै उनि भन्छिन् “ठुलो डट कम मेरो पथ प्रदर्सक  बनिदिएर साथीभाई, आफन्त र सिमित ठाउँंमा मात्र बेचिरहेकि मैले अहिले अनलाईन सञ्चारको माध्यमबाट राष्ट्र भरि नै मेरो व्यावसाय चिनिेको छ।”    

     कृषि व्यावसायलाई आफ्नो कार्यक्षेत्रको रुपमा उध्यमी हुन चाहने जो कोहिले पनि स्वदेशी उत्पादनमा जोड दिनु पर्ने र बिदेशी सामाग्रीहरुको आयतमा कमि गरि आफ्नो व्यावसायलाई गुणात्मक रुपमा अभिवृध्दी गर्नलाई अनलाइन माध्यमको प्रयोगमा जोड दिन आग्रह गरेकि छिन्।

Questions & discussion

Ask about something you did not understand, share your experience, or tell other business owners what worked for you.

Comments (0)

Explore Thulo Insights

Discover guides, company updates, partnerships, customer stories and business insights from Thulo.

Back to Thulo Insights →