Customer Stories · Thulo Insights

खुशि मिट प्रोडक्स, मेनु कुमारि राई

“आर्थिक स्वतन्त्रता नभएको एकल आमाको लागि जीवन धेरै गाह्रो छ। सुनसरी महिला उध्यमी मेनु कुमारीले आफ्नो एक्लो छोरालाई राम्रो जीवन दिनको लागि निकै मिहिनेत गरेकी छिन् । सुरुमा, आफ्नो छोराको हेरचाह गर्न भावनात्मक रूपमा बलियो, आर्थिक रूपमा स्वतन्त्र हुन चुनौती थियो।

Thulo 03-06-2023 Updated 10-09-2026 1 min read 0 views 0 comments
20240816124741_491383583.jpg
In short

“आर्थिक स्वतन्त्रता नभएको एकल आमाको लागि जीवन धेरै गाह्रो छ। सुनसरी महिला उध्यमी मेनु कुमारीले आफ्नो एक्लो छोरालाई राम्रो जीवन दिनको लागि निकै मिहिनेत गरेकी छिन् । सुरुमा, आफ्नो छोराको हेरचाह गर्न भावनात्मक रूपमा बलियो, आर्थिक रूपमा स्वतन्त्र हुन चुनौती थियो।

व्यवसायको सुरुवात र उत्पादन को बारेमा

“आर्थिक स्वतन्त्रता नभएको एकल आमाको लागि जीवन धेरै गाह्रो छ। सुनसरी महिला उध्यमी मेनु कुमारीले आफ्नो एक्लो छोरालाई राम्रो जीवन दिनको लागि निकै मिहिनेत गरेकी छिन् । सुरुमा, आफ्नो छोराको हेरचाह गर्न भावनात्मक रूपमा बलियो, आर्थिक रूपमा स्वतन्त्र हुन चुनौती थियो।

आफ्नो बाल्यकालको रमाइलो सम्झनामा रमाउँछिन् जब उनकी आमा र हजुरआमाले घरमा मुखमा पानी ल्याउने सुकुटिको अचार बनाउनुहुन्थ्यो। बाल्यकालको ज्ञानलाई अझ बढी तिखारि आधुनिक उपकरणको प्रयोग गरि परम्परागत मिठासलाई जिबन्तरुप दिन हङ्कङ्बाट आएकि प्रशिक्षकसंग उनि लगाएत १२/१५ जना साथीले सिप सिकेको सम्झिन्छीन्। बि.स २०६५ सालमा आफु र अन्य २ जना साथीले ५००/५०० उठाई १० केजि राँगाको मासुको सुकुटि अचार तयार गरि सुरुवाति दिन मा १/१ पाउको पोका बेच्ने गरेको उनि बताउँछिन्। उनिहरुले उत्पादन गरेको अचारलाई गाँउ, छर-छिमेक,साथीभाईले मनपराई दिएकोले यसैलाई ब्यावसायको रुप दिने अठोट गरि ५००० प्रति ब्यक्ति उठाएर सुकुटी अचार तयार गरेको उनि बताउछिन्। अचार रेडि भएपछि उध्यम दर्ता नगरी बजारमा बेच्न सहज नभएर हतारहतारमा “पाहुना अचार उध्योग” दर्ता गरेको बताउछिन्। ”ब्यावसायिक रुपमा ईटहरीमा रहेको गोरखा डिपार्ट्मेन्ट स्टोरमा राँगाको सुकुटी अचार मैले देको, अहिले त धेरै आइसक्यो” उनले बताईन्। यो सङ्सङ्गै मटनको सुकुटी अचार, अकबरे खोर्सानि, च्याउ लगाएत विभिन्न मिक्स अचारहरु पनि बजारमा पठाईसकेकि छिन्।

 

चुनौतीहरुको सामना

२०७२ सालमा आएको भुकम्पले भौतिक क्षति संगै उनको पारिवारिक सम्बन्ध बिग्रियो र श्रिमान् संग सम्बन्धबिच्छेदको अवस्थामा पुग्यो। ब्यावसाय सञ्चालन गर्न ऋण लिएकी उनले, उनको घरब्यावहार मिलाउन ऋण अझ थप भएको थियो। आर्थिक सङ्कट सहज बनाउन उनले आफ्नो ब्यावसायलाई नै बेच्नुपरेको बताउँदै भकानिन्छिन् । ”मेरी बैनि ले केहि गर दिदि भनि केहि रकम पठाईदिएकी थिईन त्यहि पैसाले मैले फेरि २०७५/७६ सालमा हाल सञ्चालनमा रहेको “खुशि मिट प्रोडक्स” को  दर्ता गरेको हो” उनि भन्छिन्।

दिनरात केहि नभनि आफ्नो सम्पूर्ण समय व्यवसायलाई दिई आगाडि बढिरहेकी उनलाई कोभिड-१९ को प्रकोपले नराम्रो संग धक्का दियो। देश पूर्णतया लकडाउनमा जानु अघि बजारमा पठाईएका अचारहरु लकडाउन खुले पछि सबै फिर्ता आएकोले लगानि डुब्नपुगेकोले उनी बेचैन भइन् किनकि व्यवसायले उनलाई स्वतन्त्र महसुस गराएको थियो। जनजिवन सामान्य हुदै गयो र उनको उध्यमी बन्ने चाहानालाई पुर्णता दिन उनि लागि परिन्।

 

डिजिटलाईजेसन तर्फको यात्रा

यस चुनौतीपूर्ण वातावरणमा, जब बाँच्नको लागि प्रयास गरिरहेकी थिइन्, उनले ठुलो डट कम मार्फत दिईने डिजिटल साक्षरता ट्रेनिङ्गमा भाग लिने अवसर पाइन्। उनलाई डिजिटल प्लेटफर्मले कसरी काम गर्दछ भन्ने थाहा थिएन, र सीमित प्राविधिक ज्ञानको साथ, उनलाई अनलाइन व्यवसायमा कम विश्वास थियो। ठुलो डट कमले उनलाई डिजिटल रूपमा व्यवसाय सञ्चालन गर्न अनलाइन शपमा जडान गरेर ई-कमर्स अनुभव प्राप्त गर्न एक प्लेटफर्म प्रदान गर्यो। ई-कमर्सको ज्ञानले उनलाई अर्को स्तरमा पुग्ने आशा दिएको छ जुन उनी चाहन्छिन्। यो ट्रेनिङ्गले उनलाई धेरै अवसरहरू र आफ्नो व्यवसाय बढाउनको लागि एक तरिका प्रदान गरेको उनको विश्वास छ। उनी विश्वास गर्छिन्, " Thulo.Com जस्तो अनलाइन प्लेटफर्ममा पहुँच हुनु हाम्रो लागि वरदान हो किनकि उनीहरूले सबै प्राविधिक पक्षहरूको ख्याल राखेका छन् जबकि हामी केवल उत्पादनहरू समयमै उपलब्ध गराउँछौं। आगामी दिनहरूमा, म स्वतन्त्र रूपमा अनलाइन व्यवसाय व्यवस्थापन गर्न मेरो डिजिटल कौशललाई अझ तिखार्ने प्रयास गर्नेछु।"

आजभोली उनले उध्यम सङ्गै प्रसिक्षक भएर उध्यमी बन्न चाहाने आमा दिदी- बहिनिहरु लाई तालिम     दिनेगरेकि छिन्। उनको हालको ध्यान  अचार व्यवसायमा छ र आफ्नो उद्यमशील यात्रा सुरु गर्न तत्पर रहेका देश भरी बस्ने महिलाहरूलाई अचार बनाउने उनको सीप हस्तान्तरण गर्नेमा छ।

    

Questions & discussion

Ask about something you did not understand, share your experience, or tell other business owners what worked for you.

Comments (0)

Explore Thulo Insights

Discover guides, company updates, partnerships, customer stories and business insights from Thulo.

Back to Thulo Insights →