Customer Stories · Thulo Insights

तमोर मिल्क डेरिभेटिभ प्लाण्ट प्रा.लि , प्रदिप अधिकारी

कृषि पेसा हाम्रो देश नेपालको राष्ट्रिय पेसा भएता पनि यहाँका युवाहरु कृषि पेसामा कमै भटिन्छन्। खास गरेर छोटो समयमा राम्रो आम्दानि गर्ने सबैमा अभिलाषा हुन्छ। छिटो पैसा कमाउने सोचले युवाले वैदेशिक रोजगारलाई रोज्ने गरेका छन्। युवाले स्वदेशमा मेहेनत गर्नुभन्दा बिदेशप्रति नै बढि मोह देखाउने गरेको अवस्था छ। तर ईटहरी महानगरपालिका-९,का प्रदिप अधिकारी कृषि व्यावसायमा आदरणीय बनेका छन्।

Thulo 10-06-2023 Updated 11-09-2026 1 min read 0 views 0 comments
20240816124714_1713597054.jpg
In short

कृषि पेसा हाम्रो देश नेपालको राष्ट्रिय पेसा भएता पनि यहाँका युवाहरु कृषि पेसामा कमै भटिन्छन्। खास गरेर छोटो समयमा राम्रो आम्दानि गर्ने सबैमा अभिलाषा हुन्छ। छिटो पैसा कमाउने सोचले युवाले वैदेशिक रोजगारलाई रोज्ने गरेका छन्। युवाले स्वदेशमा मेहेनत गर्नुभन्दा बिदेशप्रति नै बढि मोह देखाउने गरेको अवस्था छ। तर ईटहरी महानगरपालिका-९,का प्रदिप अधिकारी कृषि व्यावसायमा आदरणीय बनेका छन्।

व्यवसायको सुरुवात र उत्पादन को बारेमा

कृषि पेसा हाम्रो देश नेपालको राष्ट्रिय पेसा भएता पनि यहाँका युवाहरु कृषि पेसामा कमै भटिन्छन्। खास गरेर छोटो समयमा राम्रो आम्दानि गर्ने सबैमा अभिलाषा हुन्छ। छिटो पैसा कमाउने सोचले युवाले वैदेशिक रोजगारलाई रोज्ने गरेका छन्। युवाले स्वदेशमा मेहेनत गर्नुभन्दा बिदेशप्रति नै बढि मोह देखाउने गरेको अवस्था छ। तर ईटहरी महानगरपालिका-९,का प्रदिप अधिकारी कृषि व्यावसायमा आदरणीय बनेका छन्। विदेशप्रतिको मोह त्यागरे समाजमा उदाहरणीय काम गर्ने लक्ष्यले सानै उमरेमा कृषिमा होमिएका उनि युवाको उत्प्रेरणाको श्रोत बनेका छन्।“सानैबाट कहिले पनि विदेशप्रति मोह आएन ”,उनले भने “आफैँ उध्यममा लागेर आम्दानी गर्न सकिन्छ भन्ने सोचले विगत ६ बर्षबाट कृषिमा लागेको हुँ। सुरुवाती चरणमा धेरै दुःख पाए।उत्पादन भएको दुधले उचित मुल्य नपाउँदा धेरै समस्या थियो। तर अहिले आँफैले दुग्ध डेरि सञ्चालन गरेको छु। यहीं  मेहेनत गरे आम्दानी गर्न सकिन्छ।”

 

चुनौतीहरुको सामना

विगतमा आफ्नो फार्ममा उत्पादन भएको दुध बजारका दुग्ध उध्योगमा बेच्दै आएका उनले अहिले आँफै विभिन्न समस्या का बाबजुद पनि  तमोर मिल्क डेरिभेटिभ प्लाण्ट प्रा.लि को औपचारिकरुप मा दर्ता गरि व्यावसाय सञ्चालन गरेर स्वरोजगार समेत बनेका छन्। विदेशमा गएर अर्काको ठाउँमा पसिना बगाउँनु भन्दा आफ्नो देशमा मेहनत गरे राम्रो आम्दानी लिन सकिने उध्योगी अधिकारीको भनाई छ।व्यवसाय सञ्चालनका क्रममा आइपर्ने प्रकितिक तथा भौतिक समस्याहरु संग जुद्धै, समस्याहरुमा अवसर खोज्दै आजको सफल उध्यमी बन्न सफल भएको उनको भनाइ छ। आफ्नो फार्ममा उत्पादन भएको दुधले बजारको माग पुरा गर्न कठिन हुँदा किसानको घरमा पुगेर दुध सङ्कलन गरेको उनि सम्झन्छन्।हाल उनले दुध,दहि को साथै घिउ,पनिर र डगचिउ पनि उत्पादन गर्ने गरका छन्।उनले उत्पादन गरेको डगचिउहरु नेपालि बजारमा नभई बिदेसि बजार मा बेच्चने गरेका छन्। मिहेनत गरे कृषि व्यवसाय गरेर जीवनयापन गर्न कुनै समस्या नहुने उनको बिस्वास छ।

२०७५/७६ सालमा आएको कोरोना भाईरस अर्थात कोभिड -१९ ले भने उनको व्यावसायमा खासै असर नपरेको उनको ‍भनाई छ,अझ शरिरको प्रतिरक्षात्मक क्षमतालाई डेरि प्रोडक्ट ले बढाउने हुनाले व्यापार मा दोब्बर वृध्दि भएको कुरा खुसिसाथ सुनाउँछन्।

 

डिजिटलाईजेसन तर्फको यात्रा

“ठुलो डट कम ले मेरो व्यवसाय अर्थात दुध र दुग्धजन्य परिकारको बजारिकरणमा सहज वातावरण श्रिजना गरिदिएको छ”, उनले भने “मैले डिजिटल प्याटफर्मको प्रयोग गरेर मेरा उत्पादनलाई बिक्री गरेको थिइन् र यस प्रति मलाई त्यति बिस्वास पनि थिएन। मलाई लाग्थ्यो डिजिटल प्रबिधिले के सहयोग गर्ला र?? तर ठुलो डट कम ले दिएको तालिमले मलाई गलत साबित गरिदिएको कुरा उनि गर्वका साथ सुनाउँदै आगामी  दिनमा आफ्ना उत्पादनलाई अनलाईन बजारको पहुँच सम्म पुर्याउनेमा आशाबादी  रहेको जानकारी दिएका छन्।

कृषि पेसामा लाग्न रुचि देखाउने युवा साथीलाई आवश्यक सहयोग गर्दै आएको र भविस्यमा  पनि गरिरहने प्रतिवध्दता उनले व्यक्त गरे। हालका दिनमा उद्योगी  अधिकारीले आंशिकरुपमा अन्य मानिसलाई रोजगारी समेत दिएका छन्।

                              

Questions & discussion

Ask about something you did not understand, share your experience, or tell other business owners what worked for you.

Comments (0)

Explore Thulo Insights

Discover guides, company updates, partnerships, customer stories and business insights from Thulo.

Back to Thulo Insights →