Customer Stories · Thulo Insights

चन्द्रमा कोसेलि तथा मसला उद्योग, रिता मिश्र

कोभिड–१९ मानवजातिको अहिलेसम्मकै सबैभन्दा ठूलो विपत्ति हो, जुन महामारीले विश्वलाई आक्रान्त बनायो। हाम्रो देश लगायत बिश्वका धेरै देशहरुमै लकडाउन भयो, जसले देशको अर्थव्यवस्थालाई नराम्ररी प्रभावित गरेको छ, जसमा महिला उध्यमीहरू सबैभन्दा बढी प्रभावित भएका छन्। उध्यमी रिता मिश्रले भने बिपत्तिलाई अवसरको रुपमा लिएकी छिन् ।

Thulo 27-05-2023 Updated 10-09-2026 1 min read 0 views 0 comments
20240816124812_922941145.jpg
In short

कोभिड–१९ मानवजातिको अहिलेसम्मकै सबैभन्दा ठूलो विपत्ति हो, जुन महामारीले विश्वलाई आक्रान्त बनायो। हाम्रो देश लगायत बिश्वका धेरै देशहरुमै लकडाउन भयो, जसले देशको अर्थव्यवस्थालाई नराम्ररी प्रभावित गरेको छ, जसमा महिला उध्यमीहरू सबैभन्दा बढी प्रभावित भएका छन्। उध्यमी रिता मिश्रले भने बिपत्तिलाई अवसरको रुपमा लिएकी छिन् ।

व्यवसायको सुरुवात र उत्पादन को बारेमा

कोभिड–१९ मानवजातिको अहिलेसम्मकै सबैभन्दा ठूलो विपत्ति हो, जुन महामारीले विश्वलाई आक्रान्त बनायो। हाम्रो देश लगायत बिश्वका धेरै देशहरुमै लकडाउन भयो, जसले देशको अर्थव्यवस्थालाई नराम्ररी प्रभावित गरेको छ, जसमा महिला उध्यमीहरू सबैभन्दा बढी प्रभावित भएका छन्। उध्यमी रिता मिश्रले भने बिपत्तिलाई अवसरको रुपमा लिएकी छिन् । २०७७ सालमा जब कोभिड-१९ को ब्यापक प्रकोप विश्व माझमा फैलेको थियो, जता-ततै मृत्युको खबरले मनमस्तिस्क नै आत्तिएको अवस्थामा दिमागलाई बेस्त गराउन उनले मस्यौरा बनाउन सुरुगरेको कुरा बताउंछिन्। हामीले खडेरिको समयमा खानलाई बनाउने मस्यौराले यसरी बजार लिन सक्छ भनेर अझै बिश्वास नलाग्ने उनि भन्छिन्। सुरुवाति दिनमा बन्दाकोपिको, लौकाको र मुलाको मस्यौरा बनाएर गोरखा डिपार्टमेन्टमा दिएको उनले बताउँछिन्। उनले भनिन् “नेपाली  बजार मा मात्र नभई बिदेशमा नि कुबिन्डो र कालो दालको मस्यौराको माग छ तर प्रति के‍‌ जि रु १००० मा बेच्दा नि कुबिन्डोको मस्यौरा बजार नपूर्याउँदै सकिन्छ, बजारको माग पुरा गर्न सकेकी छैन्”।

मस्यौरा बाट सुरुभएको “चन्द्रमा कोसेलि तथा मसला उद्योग ” ले आजभोलि जिरा-धनियाको धुलो, मिक्स मसलाहरु, मकैको पिठो, च्याख्ला, गुन्द्रुक साथै बेसार उत्पादन गरि नेपाली बजारमा छुट्टै स्थान बनाउन सफल भएको छI यतिमा मात्र सिमित नरहि आजभोलि रिता बच्चाहरुको लागि पौस्टिक आहार ”

“लिटो’ मा काम गरिरहेको बताउँदै थप्छिन् आफ्ना २ जना नातिनातिनाको लागि बनाएको लिटो हाल १०० जना भन्दा बढी नातिनातिना थपिएका छन्। “बच्चालाई खुवाउने आहार भएकोले खाध्य सामाग्रिको गुणस्तर, उचित मात्रा र सरसफाईमा बिषेस धेरै सावधानी अपनाउनु पर्नेकुरा उनले बताईन्। काम गर्ने ईच्छा, उचित ज्ञान, समय अनुकुल धैर्य र काम प्रति दृण सङ्कल्प साथमा  ब्यवसाय सञ्चालन गरेकै कारणले उनले भर्खरै कृषि मन्त्रालयले दिने अनुदान स्वरुप ड्रयर मेसिन पुरस्कार पाएको कुरा गर्वका साथ सुनाउछिन।

 

डिजिटलाईजेसन तर्फको यात्रा

रिताले Thulo.Com मार्फत इ-कमर्सको अनुभव गजबको रहेको बताइन् ।आफ्ना उत्पादनहरू बजार र बिक्री गर्न डिजिटल प्लेटफर्महरू प्रयोग गर्नु वर्तमान समयको आवश्यकता भएको बताउँछिन्। रिता आफ्नो व्यवसाय बढाउन चाहन्छिन् र देशभरका सयौं महिलाहरूलाई उद्यमी बन्नको लागि सीप निर्माण गर्ने योजनामा ​​छिन्। उनले Thulo.Com सँगको सम्बन्धलाई निरन्तरता दिएर भविष्यमा पनि आफ्नो सिकाइलाई निरन्तरता दिन चाहन्छिन्।

 

Questions & discussion

Ask about something you did not understand, share your experience, or tell other business owners what worked for you.

Comments (0)

Explore Thulo Insights

Discover guides, company updates, partnerships, customer stories and business insights from Thulo.

Back to Thulo Insights →