Customer Stories · Thulo Insights

नमुना अचार लघु उद्योग, सकुन्तला प्याकुरेल

नेपालका एक सय गन्तब्य मध्ये कृषि पर्यटनको केन्द्र बन्दै गरेको गौरादहको महारनी झोडा स्थित नमुना एकिकृत सहकारी खेति अन्तर्गतको एक लघु उध्योग हो,नमुना अचार लघु उद्योग  जसकी सञ्चालिका हुन् सकुन्तला प्याकुरेल। नेपलामै नमुना खेतिका साथ बिउ उत्पादन तथा प्रसोधन, साईलेज उत्पादन ,यान्त्रिकीकरण मार्फत चाक्लाबन्दी खेती संगै विभिन्न प्रकारका अचारहरु,आलु चिप्स, गुन्द्रुक, यहाँका मुख्य आकर्षण रहेको कुरा उद्यमी  सकुन्तला प्याकुरेल आफ्नो उद्यम  बारे बताउँछिन्।

Thulo 24-06-2023 Updated 10-09-2026 1 min read 0 views 0 comments
20240816124614_1647183928.jpg
In short

नेपालका एक सय गन्तब्य मध्ये कृषि पर्यटनको केन्द्र बन्दै गरेको गौरादहको महारनी झोडा स्थित नमुना एकिकृत सहकारी खेति अन्तर्गतको एक लघु उध्योग हो,नमुना अचार लघु उद्योग  जसकी सञ्चालिका हुन् सकुन्तला प्याकुरेल। नेपलामै नमुना खेतिका साथ बिउ उत्पादन तथा प्रसोधन, साईलेज उत्पादन ,यान्त्रिकीकरण मार्फत चाक्लाबन्दी खेती संगै विभिन्न प्रकारका अचारहरु,आलु चिप्स, गुन्द्रुक, यहाँका मुख्य आकर्षण रहेको कुरा उद्यमी  सकुन्तला प्याकुरेल आफ्नो उद्यम  बारे बताउँछिन्।

व्यवसायको सुरुवात र उत्पादन को बारेमा

उनी भन्छिन, "अचार नै बनाउछौ, अचारकै उद्योग सन्चालन गर्छौ भन्ने परिवेसमा निस्केको हैन तर जब सहकारी खेतीमा लाग्यौं, हामीले खेतीमा धेरै समय  दिनुपरेन हाम्रा कामहरू मेसिनले गरे, हामी महिला खाली भयौं । यसरी खाली बस्नुको साटो उद्यम सिकौं र व्यावसाय सञ्चालन गर्यौ भन्ने सोचले मेड्पा भन्ने संस्था ले दिएको अचार बनाउने तालिममा सहभागी भयौं"I तालिम पश्चात ६ जना महिलाहरु मिलेर सञ्चालनमा ल्याएको अचार बिक्रि गरेर चाडपर्व देखि घर खर्च समेत आफैले धान्दै आएको उनले बताएकि छिन्। यस लघु उध्योगमा अचार निर्माणको समयमा २५ देखी ३० जना गाउँका महिलाले रोजगार पाउनुको साथै यो क्षेत्रका धेरै महिलालाई बिभिन्न खाले घरेलु तथा लघु उध्योगमा सहभागि गराईरहेको कुरा उनले  जानकारी  दिईन्। स्थानिय आमा दिदी बहिनिहरुलाई  ब्यावसायको आधार बनाउँदै एकल महिलाहरुलाई अचार तालिम कार्यक्रमहरु पनि सञ्चालन गर्ने गरेको सकुन्तलाले गर्वका साथ सुनाइन्।

चुनौतीहरुको सामना

कोभिड-१९ को प्रकोपले गर्दा भएको लामो  लकडाउनको समयमा लघु उध्योग समेत प्रभावित भएका छन्। तथापि पछिल्लो समय बजार खुलेपछि चाडपर्वलाई लछित गरि उध्योग समेत सञ्चालनमा आएका छन्। दशै तिहार लक्षित अचारले राम्रो बजार पाएको सकुन्तलाले बताईन्। हजारको लगानिबाट ७ वर्ष अगाडि देखि सुरु गरेको नमुना लघु अचारले अहिले लाख को कारोबार गर्न थालेको छ। यसले गत वर्ष दशै तिहारमा मात्र झन्डै २.५ लाख बराबरको अचार बेचेको कुरा उध्योग सञ्चालिका बताउँछिन्।

डिजिटलाईजेसन तर्फको यात्रा

"परिवर्तन प्रकृतिको नियम हो",हामिले समय अनुकूल आफुलाइ परिवर्तन गर्नु जरुरी रहेको बताउदै उनी भन्छिन "आजको समयमा प्रविधि संग  टाढा रहेर हामी व्यापार गर्न सक्दैनौं। उपभोक्तहरुको अनलाइन बजारमा ध्यानाकर्षण  बढ्दै आएको छ।" ठुलो डट कम ले दिएको डिजिटल साक्षरता  ट्रेनिङमा भाग लिए पस्चात उनलाई डिजिटल रूपमा व्यवसाय सञ्चालन गर्न मद्दत गरेको उनको भनाइ छ। उनको व्यवसायलाई  ठूलो डट कम ले अनलाइन शपमा पहुँच दिएर

 ई-कमर्स अनुभव प्राप्त गर्न एक प्लेटफर्म प्रदान गरेको उनले बताइन। ई-कमर्सको ज्ञानले उनलाई अर्को स्तरमा पुग्ने आशा दिएको छ । यो ट्रेनिङ्गले उनलाई धेरै अवसरहरू र आफ्नो व्यवसाय बढाउनको लागि एक तरिका प्रदान गरेको उनको विश्वास छ। ।आफ्नो व्यवसायलाई माथि उकास्न, उनले ट्रेनिङ्ग पछि Thulo.Com को साथ आफ्नो सम्बन्ध जारी राख्ने योजना बनाएकी छिन्। साथ साथै उनी विश्वास गर्छिन्, " म भविष्यमा स्वतन्त्र रूपमा अनलाइन व्यवसाय व्यवस्थापन गर्न मेरो डिजिटल कौशललाई अझ तिखार्ने प्रयास गर्नेछु।"

कृषिमा योजना वधरुपमा लागेको देखेर राज्य  तथा अन्य विभिन्न निकायहरु ले आर्थिक सहयोग  गरेको प्यालुरेलको भनाइ छ। राज्यको सहयोगले व्यावसायमा लाग्न हौसला मिलेको उनले बताएकी छ्न। आफ्नै ठाउँ मा मेहेनत गर्न सके बिदेश मा हुने कमाइ यहीं  गर्न सकिने उनको भनाइ छ।

Questions & discussion

Ask about something you did not understand, share your experience, or tell other business owners what worked for you.

Comments (0)

Explore Thulo Insights

Discover guides, company updates, partnerships, customer stories and business insights from Thulo.

Back to Thulo Insights →