Customer Stories · Thulo Insights

गायत्री फुड प्रोडक्सन, सुशिला अधिकारी

महिला उद्यमि सुशिला अधिकारी “सनपापडी दिदी” को नामले पनि चिनिन्छिन् । प्रदेश नं १ को सुनसरी स्थित ईटहरीमा बसोबास गर्दै आएकि सुशिला हाल नेपालकी एक सफल महिला उद्यमी बन्न सफल भएकी छिन्। काम प्रतिको सच्चा निष्ठा,आफ्नो लक्ष्य प्राप्तिको लागि गरेको धैर्य र कडा परिश्रमको फलस्वरुप आज उनी  यस अवस्थामा आईपुगेको बताउँछिन्।

Thulo 13-05-2023 Updated 10-09-2026 1 min read 0 views 0 comments
20240816124910_1086060241.jpg
In short

महिला उद्यमि सुशिला अधिकारी “सनपापडी दिदी” को नामले पनि चिनिन्छिन् । प्रदेश नं १ को सुनसरी स्थित ईटहरीमा बसोबास गर्दै आएकि सुशिला हाल नेपालकी एक सफल महिला उद्यमी बन्न सफल भएकी छिन्। काम प्रतिको सच्चा निष्ठा,आफ्नो लक्ष्य प्राप्तिको लागि गरेको धैर्य र कडा परिश्रमको फलस्वरुप आज उनी  यस अवस्थामा आईपुगेको बताउँछिन्।

व्यवसायको सुरुवात र उत्पादन को बारेमा

महिला उद्यमि सुशिला अधिकारी “सनपापडी दिदी” को नामले पनि चिनिन्छिन् । प्रदेश नं १ को सुनसरी स्थित ईटहरीमा बसोबास गर्दै आएकि सुशिला हाल नेपालकी एक सफल महिला उद्यमी बन्न सफल भएकी छिन्। काम प्रतिको सच्चा निष्ठा,आफ्नो लक्ष्य प्राप्तिको लागि गरेको धैर्य र कडा परिश्रमको फलस्वरुप आज उनी  यस अवस्थामा आईपुगेको बताउँछिन्।

आफ्ना सन्तानको जिम्मेवारी एक्लै उठाईरहेकि उनले बिगतमा जिबनयापन गर्न आफु बस्ने गरेको भाडाको कोठामा गार्मेन्ट चलाई महिलाले लागाउने म्याक्सि,गाउनहरु उत्पादन गरेर पसल पसलमा गएर मार्केटिङ्ग गर्दै बेचेको कुरा सम्झदै आफुले आजको दिन सम्म आइपुग्न धेरै संङ्घर्ष गरेको बताउँछिन्।  “एकल महिलालाई संङ्घर्स गर्न कँहा सजिलो छ र  जेनतेन चलाइराखेको गार्मेन्ट नि खस्के पछि के गरौँ गर्हौ ? कसरी छोरीहरुको लालनपोसण गर्रौ ? कुन उध्योग गर्रौ भनेर चिन्तित् थिएँ”, उनले भनिन्। त्यसैद्वारान २०६८ साल चैत्र महिना तिर एक दिन कामवस पसल गएको कुरालाई जोड्दै भन्छिन, “जब पहिलो पटक शिसाको बट्टामा सनपापडी देखें; मलाई खाऊँ खाऊँ भयो र १० वटा किनेँ। त्यो १० वटा सनपापडी आफु बस्ने घर नपुगि खाइसकेँछु”। त्यस दिनको मिठो स्वादले सनपापडी प्रति उत्सुकता जगाएको, र आफुले त्यसको खोज शुरु गरेको उनि बताउँछिन।“सनपापडी कहाँ उत्पादन हुन्छ, केबाट अनि कसरी बन्छ भन्ने कुराको खोज गर्न ईटहरी आइपुगेँ”, उनि भन्छिन। आफुले नै यो व्यवसाय शुरु गर्नको निम्ति चाहिने आर्थिक सहयोग, ठुलो विश्वास, आड र भरोसा भने आफ्नो माइती तथा दिदी-बहिनीहरूबाट प्राप्त भएको, र यो नै यस उद्यमप्रतिको आफ्नो पहिलो खुड्किलो भएको कुरा सुशिला गर्वसाथ बताउँछिन।

 

चुनौतीहरुको सामना

२०७० साल, पुस महिनामा गायत्री फुड प्रोडक्सन को दर्ता पछि औपचारिक रुपमा उत्पादन शुरु भएको उनको सनपापडीले अहिले बजारमा एक छत्र राज गर्न सफल भएको छ। व्यवसाय सञ्चालनको क्रममा हुन सक्ने उतार चढावलाई सामान्य रुपमा लिने सुशिला एकपटक भने नराम्रो सँग ठगिएको बताउँछिन। ब्यापार विस्तारको क्रममा काठमाडौंका एक व्यवसायीले ५० हजार रुपैयाँ शुरुमै दिएर एकैपटक धेरै सामान अर्डर गरेको, तर पेमेन्ट नगरि सामानलाई गोदाममा नै एक्सपाइर हुने गारि राखेको उनि बताउँछिन। “उक्त व्यवसायीको एकमात्र मनसाय गायत्री फुड प्रोडक्सनको सनपापडीलाई बजारमा आउन नदिने रहेछ” सुशिला सम्झिन्छिन। कम्तिमा ७ लाख रुपैयाँको घाटा भएको उक्त घटनापछि भने उनले व्यवसायलाई ईटहरी,पोखरा,काठमाडौँका बजारहरु मा लानेगरेको बताइन।

“मेरा ग्राहकहरुले मेरा सामान गुणस्तरिय तथा मिठा छन् भन्नुहुन्छ। त्यसैले स्वास्थ्यलाई कुनै पनि खालको हानि नपुर्याएकाले पनि मेरो उत्पादनले बजारमा चाँडै स्थान बनायो”, उनले निर्धक्कसाथ भनिन्। उनका उत्पादनले बजारमा राम्रो सँग स्थान बनायो। एकल सफल महिला व्यवसायिको रुपमा स्थापित सुशिला अधिकारी,  उनलाई समाजले सजिलै स्विकार गर्न सकिरहेको थिएन। उनका उत्पादनले बजारमा राम्रो स्थान बनाइरहँदा अनेक आरोप लगाइ आफ्नो व्यवसाय अन्त  सार्न दवाब दिइएको कुरा उनि सम्झिन्छिन। प्रशासनिक तथा कानुनी  रुपमा आफु सहि हुँदा हुँदै पनि सुशिलाले आफ्नो उद्योग सञ्चालन गरिरहेको स्थान छाड्नुपर्यो। यति सम्म कि, आफ्नै नाममा रहेको जमिनमा समेत उद्योग सञ्चालन गर्न नपाएको उनि दु‌‌‍‌‍खेसो पोख्छिन। उद्योग सञ्चालनले वातावरण प्रदुषित पार्ने भन्दै उनको आफ्नै टोल-समाजले उनको उद्योगलाई भौतिकरुपमा सञ्चालनमा आउन दिएन। धेरै समयको संघर्ष पस्चात उनले नयाँ स्थानमा पुन आफ्नो कारखाना सुचारु गरिन्।

 

नयाँ ठाउँमा उध्योग सारे लगत्तै कोरोना भाइरसको प्रकोप देशमा चौतर्फी रुप मा फैलियो। सनपापडि बनाउने कालिगडको अभावले उध्योग सञ्चालन गर्न  गार्रो परेपनि उनले हार  नमानि बंगलादेश बाट कालिगड जिकाई क्बारेन्टाइन राखेर पुन कारखाना सञ्चालनमा ल्याइन्। हाल उनको उध्योगले  चार  भेराइटिजहरुका सनपापडि उत्पादन गर्नेगरेको छ।पहिले कच्चा पदार्थहरु दिन हिच्किचाउनेहरु आजभोली दिन लाई होड्बाजि रहेको उनि बताउँछिन्।

 

डिजिटलाईजेसन तर्फको यात्रा

समय अनुकुल आफुलाई रुपान्तरण गर्न सकिएन भने कुनै पनि कुरामा सफलता हात पार्न सकिन्दैन भन्ने सोच भएकि सुसिलाले ठूलो डट कमले दिएको डिजिटलाईजेसन सम्बन्धी ट्रेनिङ्गमा भाग लिएपस्चात आफुले आगामी  दिनमा अनलाईन माध्यम द्वारा आफ्नो व्यावसायलाई डिजिटल बजार मा थप बिस्तार गर्ने सोचमा रहेको बताउँछिन्। आजभोलि  चामल र मकै बाट बन्ने पिरोरोल मा काम गरिरहेको जानकारी दिदै उनले छिट्टै आफ्नो उध्योगलाई गायत्री ग्रुप प्रा.लि बनाउने तयारीमा रहेको बताएकि छिन्।

                                            

Questions & discussion

Ask about something you did not understand, share your experience, or tell other business owners what worked for you.

Comments (0)

Explore Thulo Insights

Discover guides, company updates, partnerships, customer stories and business insights from Thulo.

Back to Thulo Insights →