Business Guides · Thulo Insights

ठुलो: सबै व्यवसायका लागि एकीकृत सफ्टवेर प्लेटफर्म

ठुलो: सबै व्यवसायका लागि एकीकृत सफ्टवेर प्लेटफर्मपरिचयम राजा राम नेपाल, दुई दशकभन्दा लामो समयदेखि व्यवसाय र प्रविधि क्षेत्रमा काम गर्दै आइरहेको छु। मैले हजारौँ वेबसाइटहरू निर्माण गरेर र विभि...

Thulo 19-03-2025 Updated 11-09-2026 1 min read 466 views 0 comments
Thulo: A New Start
In short

ठुलो: सबै व्यवसायका लागि एकीकृत सफ्टवेर प्लेटफर्मपरिचयम राजा राम नेपाल, दुई दशकभन्दा लामो समयदेखि व्यवसाय र प्रविधि क्षेत्रमा काम गर्दै आइरहेको छु। मैले हजारौँ वेबसाइटहरू निर्माण गरेर र विभि...

ठुलो: सबै व्यवसायका लागि एकीकृत सफ्टवेर प्लेटफर्म


परिचय

म राजा राम नेपाल, दुई दशकभन्दा लामो समयदेखि व्यवसाय र प्रविधि क्षेत्रमा काम गर्दै आइरहेको छु। मैले हजारौँ वेबसाइटहरू निर्माण गरेर र विभिन्न व्यवसायसँग सहकार्य गरेर पाएको अनुभवले मलाई एउटा ठोस निष्कर्षमा पुऱ्यायो: व्यवसायिक सफलताका लागि ‘एकीकृत, सरल र भरपर्दो’ सफ्टवेयर अति आवश्यक छ। यही सोचलाई मूर्त रूप दिन मैले ठुलो प्लेटफर्मको अवधारणा अघि सारेको हुँ।

१. ठुलो के हो?

ठुलो अहिले एक “All-in-one Business Software Solution” हो, जुन क्लाउडमा आधारित सास (SaaS: Software as a Service) प्लेटफर्म हो।। व्यवसायी र उद्यमीहरूले आफ्नो व्यवसायका विविध आयाम—जस्तै वेबसाइट निर्माण, बिक्री व्यवस्थापन, मार्केटिङ अटोमेसन, वित्तीय रिपोर्टिङ इत्यादि—सबै एउटै प्लेटफर्मबाट संचालन गर्न सकून् भन्ने हाम्रो अभिप्राय हो।

ठुलो भित्र ९ व्यवसायिक कार्य (Business Functions) समेटिएका छन्:

  1. वेबसाइट निर्माण र व्यवस्थापन

  2. ई–कमर्स इन्टिग्रेसन

  3. सेल्स म्यानेजमेन्ट

  4. मार्केटिङ अटोमेसन

  5. अपरेसन तथा वर्कफ्लो अटोमेसन

  6. मानव संसाधन व्यवस्थापन

  7. कस्टमर सपोर्ट व्यवस्थापन

  8. व्यवसायिक प्रशासन तथा वित्त

  9. रिपोर्टिङ र डाटा विश्लेषण

एउटै प्लेटफर्मभित्र यी सबै सुविधा समावेश गरिदिंदा, उद्यमीहरू पुर्णरुपमा आफ्ना कोर व्यवसायमा केन्द्रित हुन सक्छन्; बाकी प्राविधिक पक्षहरूको हेरचाह ठुलोले गर्दछ।


२. किन ठुलो अहिले सफ्टवेयर प्लेटफर्म हो? (पहिले ई–कमर्स मार्केटप्लेस मात्रै किन थियो?)

म सन् २००२  देखि वेब सेवा प्रदायकको रूपमा हजारौँ वेबसाइटहरू विकास गरें, जसबाट मैले सानो स्टार्टअपदेखि नेपालका ठूला कर्पोरेट हाउस सम्मका विविध व्यवसायहरूसँग काम गर्ने अवसर पाएँ। यो यात्रामा मैले धेरै किसिमका उद्योग र संगठनका संरचना, उनीहरूको समस्या र लक्ष्यबारे गहिरो अध्ययन गर्ने मौका पाएँ। रोचक कुरा चाहिँ साना होऊन् वा ठूला — सबैको डिजिटल रूपान्तरणको समस्याहरू प्रायः मिल्दा जुल्दा नै थिए।

ई–कमर्स मार्केटप्लेसका रूपमा आरम्भ गर्दा पनि मैले यस्तै अनुभव पाएँ—व्यवसायिक प्रक्रिया (बिक्री, मार्केटिङ, एचआर, वित्त आदि) अलग-अलग टुल्स र सफ्टवेरहरूमा विभाजित हुँदा डिजिटल ज्ञान अभाव झन् बढ्न जान्थ्यो। खण्ड-खण्ड सिस्टम चलाउँदा डाटा तितरबितर हुन्थ्यो; जसले सम्पूर्ण व्यावसायिक गतिशीलतालाई कमजोर बनाउँथ्यो।

त्यही “खण्डित डिजिटल रूपान्तरण” को समस्या हटाउन हामीले ठुलोलाई अब एकीकृत सफ्टवेयर प्लेटफर्मका रूपमा लैजान जरुरी देख्यौँ। अर्थात्, एक प्लेटफर्मबाटै वेबसाइट निर्माण, ई–कमर्स, सेल्स/मार्केटिङ, वित्त, एचआर आदि सबै व्यवस्थापन गर्न सकियोस्। यसरी सानो स्टार्टअपदेखि ठूला उद्यमघरहरूसम्म सबैको डिजिटल ज्ञानको कमी एउटै समाधान मार्फत पूर्ति गर्ने परिकल्पना हो।

म एकल ब्रान्ड (ठुलो) मा केन्द्रित भई, नेपालका व्यवसायिक समुदायलाई छिटो, गुणस्तरीय र किफायती प्रविधि उपलब्ध गराउन चाहान्छु। यसरी ठुलो, व्यवसाय सुरू, संचालन र विस्तार गर्न पूर्ण आधारशीला बन्छ भन्ने विश्वास लिएको छु।


३. भविष्यमा के अपेक्षा राख्न सकिन्छ?

  • AI प्रविधिको प्रयोग: ठुलोमा चाँडै नै कृत्रिम बुद्धिमत्ता (AI) प्रविधिहरू समावेश गरेर व्यवसायिक निर्णयहरू झनै स्मार्ट र द्रुत बनाउन मद्धत पुऱ्याउनेछौँ।

  • मोबाइल एप्लिकेसन: बाहिर हिँड्दा वा अफिस बाहिर हुँदा समेत व्यवसायिक कार्य सजिलै व्यवस्थापन गर्न सकियोस् भनेर मोबाइल एप्लिकेसन ल्याउने हाम्रो लक्ष्य छ।

  • सर्वाङ्गीण व्यवसायिक डेटा विश्लेषण: वैयक्तिक रिपोर्टिङ र बिजनेस इन्टेलिजेन्स टुल्स समेटेर, उद्यमीहरूलाई डेटामा आधारित निर्णय लिन सहयोग गर्नेछौँ।

  • एकीकृत प्लेटफर्म: अब अलग-अलग सफ्टवेयर किन्ने झन्झट हटाएर, ठुलो मार्फत ९ व्यवसायिक कार्यहरू एउटै प्लेटफर्ममा उपलब्ध गराउने हाम्रो उद्देश्य हो।


४. कस–कसलाई ठुलो लाभदायक छ?

सबै प्रकारका उद्योग तथा व्यवसाय — कर्मशियल, खुद्रा, उत्पादन, सेवा, कन्सल्टिङ, होलसेल—जसलाइ व्यवसायिक प्रक्रिया र डाटा व्यवस्थापन चाहिन्छ, उनीहरूले ठुलोबाट लाभ उठाउन सक्छन्।

  • कस्टमाइजेन्सन: कुनै आवश्यकता वा विशेष कारोबार मोडल भिन्न भएमा, हाम्रो प्राविधिक टिम तपाईंका लागि अतिरिक्त फीचर बनाउन हरदम तयार छौ।

  • टीम कोल्याबोरेसन: ठुलोमा उद्यमी मात्र होइन, पूरै टीम सामूहिक रूपमा आवद्ध हुन सक्छ। एचआर, सेल्स, मार्केटिङ सबै विभाग एउटै प्लेटफर्ममा सूचनाहरू आदानप्रदान गरेर काम गर्न सक्छन्।


5. ठुलोको ९ व्यवसायिक कार्य

  1. वेबसाइट बिल्डिङ: आकर्षक वेबसाइट निर्माण र सजिलो व्यवस्थापन।

  2. ई–कमर्स इन्टिग्रेसन: अनलाइन पसल, देशभर देखि विदेशसम्म बिक्री हुने सेटअप।

  3. सेल्स म्यानेजमेन्ट: लिड्स, ग्राहक, अवसरहरू ट्र्याक गर्ने र सेल्स पाइपलाइन सजिलै सम्हाल्ने।

  4. मार्केटिङ अटोमेसन: इमेल क्याम्पेन, एस एम एस क्याम्पेन, सामाजिक सञ्जाल पोस्टिङ आदि स्वचालित गर्ने व्यवस्था।

  5. अपरेसन तथा वर्कफ्लो अटोमेसन: दैनिक दोहोरिएका कामहरू स्वचालित गरी कर्मचारी समय र ऊर्जा जोगाउने।

  6. मानव संसाधन व्यवस्थापन (HRM): कर्मचारी रेकर्ड, उपस्थिति, पेरोल, मूल्याङ्कन इत्यादि व्यवस्थापन।

  7. कस्टमर सपोर्ट म्यानेजमेन्ट: टिकेटिङ, लाइभ च्याट, ग्राहक समस्या समाधान प्रणाली।

  8. व्यवसायिक प्रशासन तथा वित्त: बिलिङ, इनभ्वाइस, कर, बैंक रेकन्सिलिएसन इत्यादि ट्र्याकिंग।

  9. रिपोर्टिङ र डाटा विश्लेषण: चाँडो निर्णय लिन व्यापारीलाई उपयोगी ग्राफ्स, ड्यासबोर्ड, बिजनेस इन्टेलिजेन्स आदि।


अन्त्यमा

२००२ यता मैले वेब र डिजिटल ट्रान्सफर्मेसनको यात्रामा देखेका चुनौतीहरू रोचक छन्। हजारौँ व्यवसायका ग्राहकहरूसँगको सहकार्यले सिकाएको कुरा – सबैमा डिजिटल ज्ञानको खाडल समान छ, साना वा ठूला दुवै अवस्थामा। यही कारणले मैले ठुलोलाई एकीकृत सफ्टवेयर प्लेटफर्म को रूपमा अघि सारेको छु, जसबाट डिजिटल रूपान्तरण सहज, द्रुत र किफायती हुन सकोस्।

अब, एउटै प्लेटफर्म भित्र ९ व्यवसायिक कार्य समेटेर, व्यापार वृद्धिमा चमत्कार ल्याउन ठुलो तयार छ। तपाईंको व्यवसायको आकार ठूलो होस् वा सानो — ठुलो, तपाईंका सबै व्यवस्थापन आवश्यकताहरू पूरा गर्ने सशक्त माध्यम हो। नया प्रविधि (AI, मोबाइल एप) थप्दै जाँदा, हामी तपाईंको व्यापारिक यात्रालाई अघि बढाउन अझ उर्जावान भएर लाग्नेछौँ।


“Grow with Thulo!”

 – राजा राम नेपाल


Questions & discussion

Ask about something you did not understand, share your experience, or tell other business owners what worked for you.

Comments (0)

Explore Thulo Insights

Discover guides, company updates, partnerships, customer stories and business insights from Thulo.

Back to Thulo Insights →