• Grocery Shopping
  • Send Gifts
  • Domain & Web Hosting
  • Electronics
  • Baby Care
  • New Arrivals
  • Become a Seller

महिला उद्यमशील कर्जा

Thulo.Com / स्ट्याण्डर्ड चार्टर्ड बैङ्क नेपाल लिमिटेड

 

कर्जा आवेदन फाराम

नियम र सर्तहरू

  • Thulo ले म/हामी सम्बन्धित जानकारीहरूलाई प्राप्त/प्रमाणित गर्न सक्नेछ र म/हामीद्वारा बुझाइएका व्यक्तिगत विवरणलाई कर्जा निवेदन/मूल्याङ्कनको प्रयोजनले बैंक समक्ष पेस गर्न सक्नेछ भन्ने हामीलाई बोध र स्वीकार छ। उपरोक्त सम्बन्धित जानकारी सटहीका लागि मैले Thuloलाई उत्तरदायी ठहर गराउने छैन।
  • म Thulo वा यसका प्रतिनिधिहरू र बैंकलाई (फाईनान्सिङ्ग)वित्त पोषण सम्बन्धित सञ्चार सामग्री, टेलिफोन/एसएमएस/ईमेल र व्यक्तिगत सञ्चार, इत्यादि मार्फत मलाई पठाउने अधिकार प्रदान गर्दछु, प्रचार सम्बन्धी सम्पर्क र अन्य सहित।
  • त्यस अतिरिक्त, म/हामीले बैंकलाई चाहिने बमोजिमका कागजातहरू पेस गर्नुपर्ने हुन्छ भन्ने हामीलाई बोध र स्वीकार छ, तथा बैंकद्वारा मलाई समय सापेक्ष प्रदान गरिएका वित्तीय प्रस्तावहरूको लाभ गर्नका लागि उपयुक्त नियम र सर्तहरू स्वीकार गर्दछु।
  • आवेदन गरिएको कर्जा स्वीकृतिको अधिकार केवल बैंकमा निहित छ र बैंकले आवेदनलाई स्वीकार नगर्न समेत सक्नेछ, भन्ने मलाई बोध र स्वीकार छ।

 

प्राय सोधिने प्रश्नहरू

स्ट्याण्डर्ड चार्टर्डको महिला उद्यमशील कर्जा कार्यक्रम के हो?
महिला उद्यमशील कर्जा भनेको स्ट्याण्डर्ड चार्टर्ड बैंकले महिला उद्यमीहरू, विशेष गरी Thulo.comका  विक्रेताहरूलाई लक्षित गरेर उपलब्ध गराएको (फाईनान्सिङ्ग)वित्त पोषण सुविधा हो।

यो कर्जाको लागि क–कसले आवेदन दिन सक्दछन ?
Thulo.comका सबै महिला विक्रेताहरुले आवेदन दिन सक्दछन्।

यो कर्जाबाट उपलब्ध हुने अधिकतम रकम कति हो ?
यो कर्जाबाट उपलब्ध हुने अधिकतम कर्जा रकम दस लाख रुपैयाँ हो।

यो कर्जाबाट उपलब्ध हुने न्यूनतम रकम कति हो ?
यो कर्जाबाट उपलब्ध हुने न्यूनतम कर्जा रकम पचास हजार रुपैयाँ हो ।

यो कर्जाको अधिकतम र न्यूनतम अवधि कति रहेको छ ?
यो कर्जाको अवधि न्यूनतम एक वर्षदेखि अधिकतम तीन वर्षसम्म रहेको छ।

महिला उद्यमशील कर्जाबाट उपलब्ध हुने अधिकतम रकम भन्दा मेरो कर्जा रकम आवश्यकता धेरै भएको खण्डमा के गर्ने ?
त्यस खण्डमा यहाँले व्यावसायिक बैंकिङ्ग श्रेणी अन्तर्गत कर्जाको लागि आवेदन दिन सक्नुहुनेछ। कृपया स्ट्याण्डर्ड चार्टर्ड बैंक नेपाल लिमिटेडको ग्राहक सेवा केन्द्रको टेलिफोन नम्बर ४७८१८००मा सम्पर्क गर्नुहोला।